‘जन्ते बाख्रो’ को नयाँ गित ‘अङ्गुरको झुप्पो’ सार्वजनिक (भिडियो)
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् ।
शुक्रवार सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा आशिफले गीत मार्फत गरिमाको तारिफ गरेर फकाउँदै गरेको देख्न सकिन्छ । फिल्ममा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।
आगामी जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।
तीजको माहोलसँगै ‘माइतीको आँगनी’ सार्वजनिक (भिडियोसहित)
सुर्खेत । हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा नयाँ तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । माइतीघरको सम्झना र तीजको सांस्कृतिक भावनालाई
टिका घिमिरेको नयाँ गीत सार्वजनिक (भिडिओसहित)
सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गित गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘खरो मिडिया’
अनुराग कश्यप निर्मित नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शन
काठमाडौं – भेनिस, ह्याम्बर्ग र बुसानजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शनमा आउने भएको छ ।






प्रतिकृया दिनुहोस