Skip This

भेरीगंगामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दिगोपना र सुचारुपनासम्बन्धी जल सम्मेलन सम्पन्न

सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको दिगोपना तथा सुचारुपनासम्बन्धी एक दिने जल सम्मेलन तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

भेरीगंगा नगरपालिका वास इकाई, सुर्खेतको आयोजनामा सञ्चालन गरिएको सम्मेलन नगरप्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। सम्मेलनमा नगरपालिकाभित्रका खानेपानी तथा सरसफाइ आयोजनाको दिगोपना, नियमित सञ्चालन, मर्मतसम्भार तथा प्रभावकारी व्यवस्थापनका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा नगर उपप्रमुख धनसरा बोहोरा, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरू, नगरपालिका योजना शाखा प्रमुख पिताम्बर पौडेल, वास इकाई प्रमुख चित्र केसी लगायत वास इकाईका सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो।

त्यस्तै, कार्यक्रममा सुस्वाका वास सल्लाहकार सूर्य थापा, क्षमता अभिवृद्धि सल्लाहकार महेश ढुंगाना, सुशासन विज्ञ निराजन श्रेष्ठ लगायतका अतिथिहरूको सहजीकरण गरेका थिय । 

सम्मेलनमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई संस्थागत रूपमा सबल बनाउने, खानेपानी आयोजनाको नियमित मर्मतसम्भार तथा सञ्चालनलाई प्रभावकारी बनाउने, आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने तथा उपलब्ध खानेपानी सेवाको दीर्घकालीन दिगोपना सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा सहभागीहरूले खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए। स्थानीय तह, वास इकाई तथा उपभोक्ता समितिबीच प्रभावकारी समन्वय र सहकार्यबाट मात्रै खानेपानी तथा सरसफाइका आयोजनालाई दीर्घकालीन रूपमा सुचारु र दिगो बनाउन सकिनेमा जोड दिइएको थियो।

नगरप्रमुख यज्ञ प्रसाद ढकालको  अध्यक्षतामा सम्पन्न उक्त जल सम्मेलन तथा कार्यशाला गोष्ठी विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रियासहित व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

नगरप्रमुख यज्ञ प्रसाद ढकालले हाम्रो नगरपालिकाको  भूगोलका कारण आधारभूत सेवाको पहुँच विस्तार चुनौतीपूर्ण भए पनि “कोही पनि सेवाबाट पछि नपरोस्” भन्ने मूल मान्यताका साथ नगरपालिका अघि बढिरहेको बताउनुभयो।

उहाँका अनुसार नगरभित्र रहेका ३६  वटा खानेपानी योजनामध्ये २५  वटा संरचना निर्माण सम्पन्न भइसकेका छन्। उनले स्थानीय सरकार केवल सेवा प्रदायक निकाय नभई स्थानीय शासनलाई प्रभावकारी बनाउने अभियानमा सक्रिय रहेको उल्लेख गर्दै सह–शासन, सह–निर्माण र सह–उत्पादनको अवधारणामा आधारित विकास अभ्यासलाई प्राथमिकता दिइएको बताउनुभयो। त्यस्तै गत ४ बर्ष देखिका योजनाहरुको विश्लेषण र कार्यान्वयन बारे बृहत जानकारी गराउने देखि आगामी दिनको योजनाको अबधारणा प्रस्तुत गर्नु भएको थियो 

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा प्रमाणमा आधारित योजना छनोट, लक्षित समुदायको अर्थपूर्ण सहभागिता, संस्थागत क्षमता विकास तथा पारदर्शी र उत्तरदायी सेवा प्रवाहलाई केन्द्रमा राखिने उहाँले बताउनुभयो।

त्यस्तै उपप्रमुख बोहोराले भेरिगंगा नपाले खानेपानी सरसफाई र स्वच्छता सम्बन्धि अनुकरणीय काम भईरहेको र अझै पनि पूर्ण रुपमा काम गर्न नगरपालिका लागि रहेको बताउनु भएको छ । 

सुस्वा परियोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठले परियोजना आगामी आर्थिक वर्ष २०८३/०८४ मा बहिर्गमनको चरणमा पुग्ने जानकारी दिँदै हाल कर्णाली प्रदेशका १० जिल्लाका २८ स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।

उहाँका अनुसार परियोजनाले तीन प्रमुख क्षेत्रमा काम गरिरहेको छ। 

  • स्थानीय तह तथा उपभोक्ता संस्थाको संस्थागत सुदृढीकरण र क्षमता विकास
  • जलवायु उत्थानशील खानेपानी तथा सरसफाइ योजनाको मर्मत, पुनःस्थापना तथा पुनर्निर्माण
  • सरसफाइ तथा सामाजिक रूपान्तरण

विशेष गरी खानेपानी समितिहरुको  व्यवस्थापन तथा समावेशी नीति निर्माणमा परियोजनाले विगत चार वर्षदेखि स्थानीय तहसँग सहकार्य गरिरहेको उहाँले बताउनुभयो। त्यसैगरी परियोजनाका अर्का विज्ञ महेश ढुंगाना ले संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकारहरूले लैङ्गिक समानता, सामाजिक समावेशिता तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई योजनादेखि क्षमता अभिबृधि कार्यान्वयनसम्म समेट्नुपर्ने बताउनुभयो।

दिगोपना, सुशासन र वित्तीय व्यवस्थापनमा केन्द्रित छलफल

एक  दिनसम्म चलेको सम्मेलनमा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, प्रभावकारी सञ्चालन तथा व्यवस्थापन, मर्मत सम्भार प्रणाली, वित्तीय व्यवस्थापन, सुशासन, पारदर्शिता, सेवा शुल्क संकलन, संस्थागत विकास तथा उपभोक्ता समितिको क्षमता अभिवृद्धि सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

आयोजकका अनुसार सम्मेलनबाट प्राप्त सुझाव, सिकाइ तथा प्रतिबद्धताहरूलाई आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरी कार्यान्वयन गरिनेछ। सम्मेलनले खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार, संस्थागत सुशासन प्रवर्द्धन तथा योजनाहरूको दिगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

भेरीगंगामा खाद्य अधिकार हननका सवाल दस्तावेजीकरण तथा सञ्जाल सञ्चालन निर्देशिका निर्माणमा सहजीकरण

सुर्खेत l भेरीगंगा नगरपालिकामा “बाँच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार” भन्ने मूल नारासहित खाद्य अधिकार हननका सवालहरूको दस्तावेजीकरण तथा

भेरीगंगामा लम्पी स्किन रोग पुष्टि, पशुमा संक्रमण रोक्न कृषकलाई सतर्क रहन आग्रह

सुर्खेत । भेरीगंगा नगरपालिका–१२ मा गाईगोरु तथा राँगाभैँसीमा लाग्ने लम्पी स्किन डिजिज (LSD) रोग पुष्टि भएपछि नगरपालिकाले कृषकहरूलाई सतर्कता अपनाउन

मातृभूमि लघुवित्तद्वारा प्रेमबहादुरको परिवारलाई ६ लाख बढीको बीमा रकम हस्तान्तरण

सुर्खेत । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय भेरीगंगा सुर्खेतअन्तर्गत भेरीगंगा शाखाले स्वर्गीय सदस्य प्रेमबहादुर परियारको