Skip This

तीजको माहोलसँगै ‘माइतीको आँगनी’ सार्वजनिक (भिडियोसहित)

सुर्खेत । हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा नयाँ तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । माइतीघरको सम्झना र तीजको सांस्कृतिक भावनालाई समेटिएको यस गीतमा महिला आवाजको मधुरता र गीतको भावपूर्ण प्रस्तुतिले सबैको मन जित्ने विश्वास गरिएको छ ।
गीतमा टीका पुन, कोपिला छिनाल र धनराज चुनाराको सशक्त स्वर रहेको छ । गीतको शब्द तथा संगीत टोपेन्द्र रसाइलीले तयार गरेका हुन्। ।
यस गीतको सङ्गीत संयोजन खेमराज गौतमले गरेका छन् भने रेकर्डिङ लक्ष्मण सेन्चुरीले र मिक्स तथा मास्टरिङ बिमल छिनालले गरेका हुन्। गीतको सम्पूर्ण निर्माण डायनामिक रेकर्डिङ स्टुडियोमा सम्पन्न भएको हो ।
तीज पर्व नजिकिँदै गर्दा ‘माइतीको आँगनी’ जस्ता गीतहरूले महिलाहरूलाई झनै उत्साह र उमङ्ग दिने अपेक्षा गरिएको छ । गीत सामाजिक सञ्जाल तथा युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा माइतीघरको आँगनीमा बिताएका बाल्यकालका यादहरू, तीजको उमङ्ग र नारीको भावना गहिरोसँग चित्रण गरिएको छ । संगीतप्रेमी दर्शक–श्रोताले गीतलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्। ।

 

 

प्रतिकृया दिनुहोस

‘जन्ते बाख्रो’ को नयाँ गित ‘अङ्गुरको झुप्पो’ सार्वजनिक (भिडियो)

 सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द

टिका घिमिरेको नयाँ गीत सार्वजनिक (भिडिओसहित)

सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गित गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘खरो मिडिया’

अनुराग कश्यप निर्मित नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शन

काठमाडौं – भेनिस, ह्याम्बर्ग र बुसानजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शनमा आउने भएको छ ।