Skip This

मातृभूमि लघुवित्तद्वारा प्रेमबहादुरको परिवारलाई ६ लाख बढीको बीमा रकम हस्तान्तरण

सुर्खेत । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय भेरीगंगा सुर्खेतअन्तर्गत भेरीगंगा शाखाले स्वर्गीय सदस्य प्रेमबहादुर परियारको परिवारलाई बीमा सुविधा रकम हस्तान्तरण गरेको छ।
भेरीगंगा नगरपालिका–१०, मदानीचौरस्थित स्वर्गीय परियारको घरमा आयोजित कार्यक्रममा उहाँको निधनपश्चात् परिवारलाई रु. ६ लाख ९३ हजार ४ सय २० बराबरको बीमा सुविधा रकम प्रदान गरिएको हो।
मातृभूमि लघुवित्त भेरीगंगा शाखाको केन्द्र नं. ११७ का सदस्य रहेका परियारको निधनपछि संस्थाले बीमा सुविधाअन्तर्गत प्राप्त रकम परिवारलाई हस्तान्तरण गरेको जनाएको छ।
बीमा सुविधा वितरण कार्यक्रममा संस्थाका अनुगमन प्रमुख केशव राज शर्मा, शाखा प्रमुख याम कुमारी डि.सी., EDO सागर खड्का लगायत शाखामा कार्यरत कर्मचारी, वडा सदस्य गोपाल बनगाडी, टोल विकास समितिका अध्यक्ष दिलमाया वली तथा  समाजसेवी डल्ली कुमारी सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले सदस्यको निधनबाट शोकमा रहेको परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा आर्थिक राहतका रूपमा बीमा सुविधा उपलब्ध गराइएको बताएका थिए। सदस्य तथा परिवारको सुख–दुःखमा साथ दिने र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने संस्थाको प्रतिबद्धता रहेको उनीहरूको भनाइ थियो।
बीमा सुविधाबाट प्राप्त रकमले शोकसन्तप्त परिवारलाई आर्थिक सहयोग पुग्ने विश्वास गरिएको छ। सदस्यहरूको वित्तीय सुरक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले लघुवित्त संस्थाले बीमा तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस

भेरीगंगामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दिगोपना र सुचारुपनासम्बन्धी जल सम्मेलन सम्पन्न

सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको दिगोपना तथा सुचारुपनासम्बन्धी एक दिने जल सम्मेलन तथा

भेरीगंगामा खाद्य अधिकार हननका सवाल दस्तावेजीकरण तथा सञ्जाल सञ्चालन निर्देशिका निर्माणमा सहजीकरण

सुर्खेत l भेरीगंगा नगरपालिकामा “बाँच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार” भन्ने मूल नारासहित खाद्य अधिकार हननका सवालहरूको दस्तावेजीकरण तथा

भेरीगंगामा लम्पी स्किन रोग पुष्टि, पशुमा संक्रमण रोक्न कृषकलाई सतर्क रहन आग्रह

सुर्खेत । भेरीगंगा नगरपालिका–१२ मा गाईगोरु तथा राँगाभैँसीमा लाग्ने लम्पी स्किन डिजिज (LSD) रोग पुष्टि भएपछि नगरपालिकाले कृषकहरूलाई सतर्कता अपनाउन