पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत सहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
सुर्खेत । पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढा सहित होटल सञ्चालक र अन्य २ जना कर्मचारी विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनिहरु विरुद्ध भ्रष्टाचारकाे कसूर गरेकाे ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतकाे हस्ताक्षर समेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएका थिए ।
अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लाल बहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेका थिए ।
उनिहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगोदावी सहित जरिवाना र कैद सजायको मागदावी गरिएको छ ।
तीजको माहोलसँगै ‘माइतीको आँगनी’ सार्वजनिक (भिडियोसहित)
सुर्खेत । हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा नयाँ तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । माइतीघरको सम्झना र तीजको सांस्कृतिक भावनालाई
‘जन्ते बाख्रो’ को नयाँ गित ‘अङ्गुरको झुप्पो’ सार्वजनिक (भिडियो)
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द
टिका घिमिरेको नयाँ गीत सार्वजनिक (भिडिओसहित)
सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गित गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘खरो मिडिया’






प्रतिकृया दिनुहोस