Skip This

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज पुस १६ गते, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ । नेपाली कांग्रेस र उसका भ्रातृ सङ्गठनहरुले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

२०३३ सालको पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेता आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसको रुपमा मनाउने गरेको छ ।

नेपालमा प्रजातान्त्रिक गतिविधि गरेको आरोपमा भारतमा निर्वासित हुनुपरेका बेला तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी लगायत नेताहरुले गरेको व्यवहारप्रति असन्तुष्ट बन्दै कांग्रेस नेताहरु नेपालमै बसेर प्रजातन्त्रका लागि लड्ने घोषणासहित नेपाल फर्किएका थिए । तर कांग्रेस नेताहरुलाई पक्राउ गरी जेल चलान गरिएको थियो ।

यही दिनको सम्झनामा कांग्रेसले हरेक पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको हो । 

प्रतिकृया दिनुहोस

तीजको माहोलसँगै ‘माइतीको आँगनी’ सार्वजनिक (भिडियोसहित)

सुर्खेत । हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा नयाँ तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । माइतीघरको सम्झना र तीजको सांस्कृतिक भावनालाई

‘जन्ते बाख्रो’ को नयाँ गित ‘अङ्गुरको झुप्पो’ सार्वजनिक (भिडियो)

 सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द

टिका घिमिरेको नयाँ गीत सार्वजनिक (भिडिओसहित)

सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गित गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘खरो मिडिया’