गुर्भाकोटमा बृहत सांस्कृतिक महोत्सव २०७९ हुदैँ
कुलेन्द्र शाही सुर्खेत/ सुर्खेतको गुर्भाकोटमा सांस्कृतिक महोत्सव हुदैँ छ । यहि भदौ १२ गते देखि भदौ १८ गतेसम्म सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा स्वच्छ गाँउ स्वस्छ सहर गुर्भाकोटको कला र संस्कृतिको संरक्षण गर्ने र पर्यटन प्रवद्धन गर्ने हाम्रो रहर तथा गुर्भाकोट बृहत सांस्कृतिक महोत्सव २०७९ संचालन हुने भएको छ ।
मेहलकुना बजार व्यवस्थापन समितिको आयोजनामा गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा स्वच्छ गाँउ स्वच्छ सहर गुर्भाकोटको कला र संस्कृतिको संरक्षण गर्ने र पर्यटन प्रवद्धन गर्ने हाम्रो रहर तथा गुर्भाकोट बृहत सांस्कृतिक महोत्सव २०७९ संचालन हुने आयोजकले जानकारी गराएको छ । महोत्सवमा नेपाली गित संगित, कला सांस्कृतिक, भाषा पर्यटन, अध्ययन अनुसन्धान अभिलेखिकरण गरिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक टिमले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकार, जय किशन बस्नेत, प्रमोद खरेल, ज्योति मगर, रामजी खाँण, भागिरथ चलाउने,सुनिता वुढा, एलिना चौहान,गोपाल नेपाल जिएम, टीका विश्वकर्मा, बिक्रम वुढाथोकी,रोशन सिहँ,धनराज चुनारा,रिदम अस्मित ,रेशम नेप्किङ, साजन शर्मा, प्रकाश सोनि, कुलबहादुर वलि, मिलन सुनार र मिलन खड्का,लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक रिम मल्लले जानकारी दिनुभयो ।
संयोजक मल्लले रेडियो भेरीगंगासंग भन्नुभयो महोत्सवमा २ प्रकारकोे टिकट दररेट रहेको छ । जसमा १०० रुपैया र विद्यार्थीले आफ्नो परिचय पत्र देखाएमा २५ प्रतिशत छुट गरिएको बताउनुभयो ।
महोत्सवमा कुल ३५ लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक मल्लले जानकारी दिनुभयो ।
तीजको माहोलसँगै ‘माइतीको आँगनी’ सार्वजनिक (भिडियोसहित)
सुर्खेत । हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा नयाँ तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । माइतीघरको सम्झना र तीजको सांस्कृतिक भावनालाई
‘जन्ते बाख्रो’ को नयाँ गित ‘अङ्गुरको झुप्पो’ सार्वजनिक (भिडियो)
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द
टिका घिमिरेको नयाँ गीत सार्वजनिक (भिडिओसहित)
सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गित गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘खरो मिडिया’






प्रतिकृया दिनुहोस