जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC Project)अन्तरगत गुर्भाकोट नगरपालिका देशभर बाट उत्कृष्ट भएको छ
सुर्खेत — जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम तथा विपद्का असर न्यूनीकरण गर्दै स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC Project) अन्तर्गत देशका विभिन्न क्षेत्रमा परियोजना लागू भएका ४१ वटा स्थानीय तहको वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा गुर्भाकोट नगरपालिका, सुर्खेतले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
परियोजनाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिका आधारमा गरेको वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा गुर्भाकोट नगरपालिकाले ९२ अंक प्राप्त गर्दै ४१ वटा पालिकामध्ये पहिलो स्थान हासिल गरेको हो।
स्थानीय तहमा जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्दै समुदायको आवश्यकता र स्थानीय परिवेशअनुसार अनुकूलनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन, योजना तथा बजेटमा जलवायु अनुकूलनलाई प्राथमिकता, लक्षित समुदायको सहभागिता, कार्यक्रम कार्यान्वयनको गुणस्तर, समन्वय तथा सहकार्य, अनुगमन तथा प्रतिवेदनलगायत विभिन्न सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिएको थियो।
गुर्भाकोट नगरपालिकाले परियोजनामार्फत जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, जलस्रोत संरक्षण तथा उपयोग, कृषि तथा जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको सहभागिता र समावेशी विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।
परियोजना कार्यान्वयनका क्रममा नगरपालिका, परियोजना कार्यालय, समुदाय, स्थानीय सरोकारवाला निकाय तथा विभिन्न साझेदार संस्थाबीचको प्रभावकारी समन्वय र सहकार्यलाई पनि नगरपालिकाको सफलताको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। स्थानीय आवश्यकता पहिचान गरी समुदायको प्रत्यक्ष सहभागितामा योजना निर्माण तथा कार्यान्वयन गर्ने अभ्यासले परियोजनाका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताइएको छ।
त्यसैगरी, परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमलाई नगरपालिकाको वार्षिक योजना तथा बजेट प्रक्रियासँग जोड्दै स्थानीय सरकारको स्वामित्व र नेतृत्वमा कार्यान्वयन गर्ने प्रयासले पनि सकारात्मक परिणाम दिएको छ। जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमलाई स्थानीय विकासका अन्य क्षेत्रसँग समन्वय गरी अघि बढाउनु नगरपालिकाको अर्को महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ।
९२ अंकसहित प्रथम स्थान प्राप्त गर्नु गुर्भाकोट नगरपालिकाका लागि मात्र नभई परियोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण पक्षका लागि गौरवको विषय भएको नगरपालिकाका पदाधिकारी तथा परियोजना सम्बद्ध पक्षले बताएका छन्। यो उपलब्धिले आगामी दिनमा जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहले अझ प्रभावकारी, दिगो र समावेशी कार्यक्रम सञ्चालन गर्न थप उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।
गुर्भाकोट नगरपालिकाको यो उत्कृष्ट कार्यसम्पादनका लागि नगरपालिका परिवार, जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC Project) परिवार, जनप्रतिनिधि, कर्मचारी, परियोजनामा कार्यरत प्राविधिक तथा सामाजिक परिचालकहरू, समुदाय, उपभोक्ता समूह तथा सम्पूर्ण सरोकारवालाहरूको महत्वपूर्ण योगदान रहेको बताइएको छ।
कार्यसम्पादन मूल्याङ्कनमा प्रथम स्थान हासिल गरेपछि नगरपालिकाले परियोजनासँग सम्बन्धित सम्पूर्ण टिम तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण, स्थानीय अनुकूलन क्षमता अभिवृद्धि तथा दिगो र समावेशी विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
भेरीगंगामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दिगोपना र सुचारुपनासम्बन्धी जल सम्मेलन सम्पन्न
सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको दिगोपना तथा सुचारुपनासम्बन्धी एक दिने जल सम्मेलन तथा
हालसम्म एक हजार एक सय १८ जनाको शव फेला
काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय १८ जनाको शव फेला परेको छ । जसमध्ये
विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताएका छन् । प्रतिनिधिसभामा उनले




प्रतिकृया दिनुहोस