भेरीगंगामा लम्पी स्किन रोग पुष्टि, पशुमा संक्रमण रोक्न कृषकलाई सतर्क रहन आग्रह
सुर्खेत । भेरीगंगा नगरपालिका–१२ मा गाईगोरु तथा राँगाभैँसीमा लाग्ने लम्पी स्किन डिजिज (LSD) रोग पुष्टि भएपछि नगरपालिकाले कृषकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
पशु सेवा विभागअन्तर्गत केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा गरिएको परीक्षणबाट वडा नं. १२ मा लम्पी स्किन रोग पुष्टि भएको नगरपालिकाले जनाएको छ।
लम्पी स्किन रोग क्याप्रिपक्स समूहअन्तर्गत पर्ने लम्पी स्किन डिजिज भाइरसका कारण गाई, गोरु, राँगा तथा भैँसीमा लाग्ने संक्रामक रोग हो। यो रोग मुख्यतः झिँगा, लामखुट्टे, किर्ना, भुसुना लगायतका किराको टोकाइबाट तथा संक्रमित पशुको प्रत्यक्ष सम्पर्क र पशु ओसारपसारका कारण फैलिने गर्दछ।
नगरपालिकाले संक्रमण फैलिन नदिन संक्रमित क्षेत्रबाहिरका स्वस्थ ३ महिनाभन्दा बढी उमेरका पशुलाई वर्षेनी लम्पी स्किनविरुद्धको खोप लगाउन कृषकहरूलाई आग्रह गरेको छ। गर्भिणी संक्रमित पशुबाट जन्मिएका बाच्छाबाच्छी तथा पाडापाडीलाई ४ महिनापछि खोप लगाउन र संक्रमणबाट निको भएका पशुलाई एक वर्षपछि मात्र खोप लगाउन अनुरोध गरिएको छ।
त्यस्तै, गोठमा झिँगा, लामखुट्टे तथा भुसुना नियन्त्रणका लागि गोठ वरिपरि धुँवा लगाउने, गोठमा अनावश्यक व्यक्तिको आवतजावत रोक्ने, रोगी पशुलाई सामूहिक चरन, खर्क तथा आहालमा नलैजाने र संक्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्न नगराउन नगरपालिकाले आग्रह गरेको छ।
संक्रमित साँढे वा राँगोलाई पूर्ण रूपमा निको नभएसम्म प्रजननका लागि प्रयोग नगर्न, गोठखोर सफा राखी नियमित रूपमा फिनेल पानी छर्किन तथा नयाँ पशु भित्र्याउँदा बथानमा नमिसाई कम्तीमा २८ दिन अलग्गै राख्न समेत सुझाव दिइएको छ। मरेका पशु तथा संक्रमित पशुसँग लसपस भएको सोत्तरलाई गहिरो खाडलमा पुर्न पनि कृषकहरूलाई अनुरोध गरिएको छ।
नगरपालिकाले लम्पी स्किन रोगको संक्रमणबाट पशुधनमा हुने क्षति न्यूनीकरण गर्न सबै कृषकले तोकिएका स्वास्थ्य तथा जैविक सुरक्षा उपायहरू अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।
भेरीगंगामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दिगोपना र सुचारुपनासम्बन्धी जल सम्मेलन सम्पन्न
सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको दिगोपना तथा सुचारुपनासम्बन्धी एक दिने जल सम्मेलन तथा
भेरीगंगामा खाद्य अधिकार हननका सवाल दस्तावेजीकरण तथा सञ्जाल सञ्चालन निर्देशिका निर्माणमा सहजीकरण
सुर्खेत l भेरीगंगा नगरपालिकामा “बाँच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार” भन्ने मूल नारासहित खाद्य अधिकार हननका सवालहरूको दस्तावेजीकरण तथा
मातृभूमि लघुवित्तद्वारा प्रेमबहादुरको परिवारलाई ६ लाख बढीको बीमा रकम हस्तान्तरण
सुर्खेत । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय भेरीगंगा सुर्खेतअन्तर्गत भेरीगंगा शाखाले स्वर्गीय सदस्य प्रेमबहादुर परियारको






प्रतिकृया दिनुहोस