भूमिहीनलाई तत्काल लालपुर्जा वितरण गर्न सुर्खेतका सिडिओमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा अधुरा–अपूरा जग्गाधनी परिवारहरूले भूमि स्वामित्वको समस्या समाधान गर्दै निश्चित समयसीमाभित्र लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।
खाद्य अधिकार सञ्जाल भेरीगंगा, सुर्खेतको नेतृत्वमा उनीहरूले सम्माननीय प्रधानमन्त्री, भूमि व्यवस्था सम्बन्धी सरोकारवाला मन्त्रालय तथा भूमि समस्या समाधान समितिको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पेश गरेका हुन्। ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायमा पठाइएको छ।
ज्ञापनपत्रमा भेरीगंगा नगरपालिकाभित्र ९४ भूमिहीन दलित परिवार, ७९ भूमिहीन सुकुम्बासी परिवार, ६ हजार ४८१ अव्यवस्थित बसोबासी परिवार तथा ३ हजार १५८ अधुरा–अपूरा जग्गा भएका परिवारहरू भूमि स्वामित्वको समस्यामा रहेको उल्लेख गरिएको छ।
भूमि स्वामित्व नहुँदा सामाजिक सुरक्षा, आर्थिक स्थायित्व र सम्मानजनक जीवनयापनमा कठिनाइ भएको भन्दै अधिकांश परिवारले आफ्नै उत्पादनले वर्षको ६ महिनाभन्दा कम समय मात्रै खाद्यान्न धान्ने अवस्था रहेको जनाएका छन्। खाद्यान्न अभावका कारण धेरै नागरिक रोजगारीका लागि भारततर्फ मजदुरी गर्न बाध्य रहेको उनीहरूको भनाइ छ।
सञ्जालले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आउने वन्यजन्तुले कृषि बाली, पशुपन्छी तथा मानव जीवनमा समेत क्षति पुर्याउँदै आएको उल्लेख गर्दै लालपुर्जा नभएका कारण राहत तथा क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको गुनासो गरेको छ।
ज्ञापनपत्रमार्फत सञ्जालले भूमिहीन तथा अव्यवस्थित बसोबासीको नापजाँच कार्य ६ महिनाभित्र सम्पन्न गरी थप ३ महिनाभित्र जग्गाधनी पुर्जा वितरण गर्न, भूमि स्वामित्व प्राप्तिमा लाग्ने करमा सहुलियत दिन, वन्यजन्तुबाट हुने क्षतिमा सबै प्रभावितलाई राहत उपलब्ध गराउन तथा घाइतेको निःशुल्क उपचार र मृत्यु भएका परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरेको छ।
यसैगरी खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सुनिश्चित गर्न पर्याप्त खानेपानी तथा दिगो सिँचाइको व्यवस्था गर्न समेत सरकारसँग आग्रह गरिएको छ।
खाद्य अधिकार सञ्जाल भेरीगंगाले भूमि समस्या केवल प्रशासनिक विषय मात्र नभई मानव अधिकार, सामाजिक न्याय र संविधानले प्रत्याभूत गरेको मौलिक अधिकारसँग जोडिएको विषय भएकाले यसलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्नुपर्ने जनाएको छ।
सञ्जालले सरकारको १०० बुँदे कार्यसूची अनुसार भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै २७५ दिनभित्र भूमि स्वामित्व सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।.
भेरीगंगामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दिगोपना र सुचारुपनासम्बन्धी जल सम्मेलन सम्पन्न
सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको दिगोपना तथा सुचारुपनासम्बन्धी एक दिने जल सम्मेलन तथा
भेरीगंगामा खाद्य अधिकार हननका सवाल दस्तावेजीकरण तथा सञ्जाल सञ्चालन निर्देशिका निर्माणमा सहजीकरण
सुर्खेत l भेरीगंगा नगरपालिकामा “बाँच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार” भन्ने मूल नारासहित खाद्य अधिकार हननका सवालहरूको दस्तावेजीकरण तथा
भेरीगंगामा लम्पी स्किन रोग पुष्टि, पशुमा संक्रमण रोक्न कृषकलाई सतर्क रहन आग्रह
सुर्खेत । भेरीगंगा नगरपालिका–१२ मा गाईगोरु तथा राँगाभैँसीमा लाग्ने लम्पी स्किन डिजिज (LSD) रोग पुष्टि भएपछि नगरपालिकाले कृषकहरूलाई सतर्कता अपनाउन





प्रतिकृया दिनुहोस