मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्याइने
काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी हिजाे बेलुकी सम्पन्न गरिएको जानकारी दिनुभयो । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उहाँले बताउनुभयो ।
प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, ‘प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ कार्य हिजाे बेलुकी सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ शुरू गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ ।’
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।
प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री
भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनुभएको छ । पार्टीका सांसदका लागि
६२ वटा क्षेत्रमा मतगणना : रास्वपा १ ठाउँमा विजयी, ४७ वटामा अग्रता
काठमाण्डौ – हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको






प्रतिकृया दिनुहोस