Skip This

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनुभएको छ । पार्टीका सांसदका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्वासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताउनुभयो ।

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाडिने सभापति लामिछानेले प्रतिबद्धता जनाउनुभयाे । खोलाको छेउमा अव्यवस्थित रूपमा, असुरक्षित ढङ्गले बसेका र हाकाहाकी गैरकानूनी रूपमा हडपिएको अवस्थामा कदम चलेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ ।

सुकुम्वासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको बताउनुभयो । देश पहिले ट्र्याक बाहिर रहेकोले रास्वपा सरकारले ट्र्याकमा ल्याउने कोशिश गरिरहेको उहाँको जिकिर छ ।

सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै सभापति लामिछानेले विकास निर्माणलाई द्रूतगतिमा अगाडि बढाउन र आवश्यक नीति, नियमका लागि अध्यादेश ल्याउनु परेको स्पष्टीकरण दिनुभयो । उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभयो ।

यस्तै प्रधानन्यायधीश सिफारिशबारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्यमध्येबाट एक जनालाई प्रधानन्यायाधीशका लागि सिफारिश गरेको विषयलाई ‘सडक बहस’ बनाउन नहुने बताउनुभयो ।

संवैधानिक परिषदमा आएका नामहरूमध्येबाट बहुमतले एक जनालाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो ? भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषद्मा भागबण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री

६२ वटा क्षेत्रमा मतगणना : रास्वपा १ ठाउँमा विजयी, ४७ वटामा अग्रता

काठमाण्डौ – हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

काठमाण्डाै – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र