लुम्बिनीले जित्याे एनपीएल उपाधि, सुदूरपश्चिम लगातार दाेस्राे पटक उपविजेता
काठमाण्डाै – सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायाे । सुदूरपश्चिमले दिएकाे ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए ।
पहिलाे संस्करणमा तालिकाकाे पुछारमा रहेर लिग चरणबाटै बाहिरिएकाे लुम्बिनीले यस पटक उपाधि जित्याे । सुदूरपश्चिम भने लगातार दाेस्राे पटक उपविजेता बन्याे । सुदूरपश्चिम पहिलाे संस्करणकाे फाइनलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे ।
लुम्बिनीले एनपीएलकाे उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता बनेकाे सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्राे भएकाे विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएकाे काठमान्डु गाेर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।
एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट
सुर्खेत । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले
केपी ओली कप फुटबल : आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै
काठमाडौँ, : तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल साविक विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच भइरहेका छ
नेपाल र म्यान्मार पहिलो हाफमा २-२ गोलको बराबरीमा
काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको जारी खेलमा पहिलो हाफमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन्






प्रतिकृया दिनुहोस