Skip This

सबै प्रदेशमा वर्षा जारी, राति तराईमा चल्नेछ हुरी: मौसम महाशाखा

आइतबार साँझ ६ बजे कोसी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। अनि सबै प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

                                         ,,मौसम महाशाखा,,

महाशाखाका अनुसार आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती, प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित बाँकी तराई भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोसी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेशसहित कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस

अत्यधिक चिसोले मुगुको हिमाली विद्यालयको पठनपाठन प्रभावित, आगो ताप्दै पढ्न बाध्य विद्यार्थी

मुगु । जिल्लाको पूर्वी कर्णाली भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्यधिक चिसोका कारण

तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना

सुर्खेत : नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ

आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब