दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन
सुर्खेत। दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि कोरियाली जनताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएलगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन्।
सरकार विरोधी प्रदर्शनकारीहरूले यो नतिजालाई सार्वजनिक विश्वास पुनस्र्थापित गर्ने दिशामा एक कदमको रूपमा हेरेका छन् । त्यस्तै युनका समर्थकहरूले यसलाई लोकतान्त्रिक सिद्धान्तहरूमाथि प्रहारको रूपमा हेरेका छन् ।
राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए । शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन् । अब ६० दिन भित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ ।
एम्बुलेन्समै बलात्कार : बिहारमा बेहोस महिलामाथि
सुर्खेत : भारतको बिहार राज्यको गया जिल्लामा मानवता शर्मसार बनाउने एक घटनाले सबैलाई स्तब्ध बनाएको छ। होमगार्ड भर्नीका क्रममा बेहोस भएकी एक महिलालाई
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या
काठमाडौँ । अमेरिकाको वाशिंगटन डिसीस्थित यहूदी संग्रहालय नजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ । वाशिंगटन, डीसीमा रहेको
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप
कर्णाली प्रदेश सुर्खेत नेपाल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गर्ने हमासले






प्रतिकृया दिनुहोस