छिन्चु बसपार्क बन्ने सुनिश्चित। १ हेक्टर जग्गा हराएको आशंका
सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम अहिले सुचारु रुपमा चलिरहेको छ । भेरीगंगा नगरपालिका १२ छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम तिब्र गतिले व्यवस्थित रुपमा पार्किङ गर्ने सडकमै टिकट काट्नुपर्ने वाध्यता आउदो २०८१ असार मसान्त सम्म सम्पन्न हुने बिश्वास गरिएको छ।
भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँङ्गी लगायतको उपस्थितिमा २८ मंसिर २०७९ मा बसपार्कको शिलान्यास गरिएको थियो । तर, शिलान्यास गरेको केही महिनामै बसपार्कको काम रोकिएको थियो। ग्राण्ड डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालि बाँकेले उक्त बसपार्कको जिम्मा लिएको छ । जिम्मा लिएको निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि केहि महिना बसपार्क निर्माणको काम रोकिएको थियो ।
शिलान्यासको समयमा नगरप्रमुख ढकालले बसपार्क निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । तर शिलान्यास गरेको केही समयमै काम रोकिएपछि विभिन्न टिका टिप्पणी सुरु भएको थियो । छिन्चुमा निर्माणाधीन छिन्चु बसपार्क २९ असार २०८१ सम्म निर्माण सम्पन्न गर्ने गरी ग्राण्ड डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालि बाँकेले जिम्मा पाएको छ । नगर विकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौता गरी कुल १० करोड ९५ लाख रुपैयाँको लागतमा उक्त बसपार्कको काम सुरु भैरहेको छ।
नगरपालिकाका इन्जिनियर बिजय केसीका अनुसार बसपार्क २ दशमलव १५ हेक्टर {४२.५ रोपनी } क्षेत्रफलमा निर्माण गर्न लागिएको हो । बसपार्कमा तीन तले भवन, तीन वटा गेट, टिकट काउन्टर र विभिन्न पसलहरू सञ्चालन गर्न सकिने र बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र भेरीगंगाकोे विकासमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएता पनि सो क्षेत्रमा २.१५ हेक्टर { ४२.५ रोपनी } जग्गा नगरपालिकाले जिम्मा पाएकोमा अहिले बसपार्क क्षेत्रमा १.५ हेक्टर जग्गामात्र रहेको देखिने र सुनिन आएकोले बाँकी जग्गा कहाँ गयो भनि खोजि भैरहेको र २.१५ हेक्टर {४२.५ रोपनी } जग्गा नगरपालिकाले छुट्टयाई तारबार र पर्खाल लगाई सुरक्षित गर्नुपर्ने उधोग बाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकालले बताएका छन् ।
कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका समेत रहेको छिन्चुमा बसपार्क नहुँदा व्यवसायी लगायत सर्वसाधारणलाई समेत सास्ती भएको छ । पार्किङको व्यवस्था नहुँदा बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्ने गरिएको छ । समयक्रम अनुसार नयाँ बस थपिने तथा धमाधम नयाँ संरचना बन्न थालेपछि पार्किङको समस्या थप जटिल बन्दै गएको छ । सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ ।
बसपार्क नहुँदा सडक दायाँबायाँ, होटेल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ गर्ने गरिएको छ । सडकको दायाँ र बायाँ किनारमा सवारी साधन पार्किङ गरिएका कारण हिँडडुल गर्न अप्ठ्यारो हुने गरेको स्थानीयहरूको गुनासो छ।
डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति
डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका
नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
दोहा कतार । नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजनामा रक्तदान कार्यक्रम हिजो सम्पन्न भएको छ । कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्रको
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस्
कोभिड–१९ को सङ्क्रमणको जोखिम एवं सन्त्रास बढीरहेको अवस्थामा आवश्यक सर्तकता अपाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई







प्रतिकृया दिनुहोस