डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति
डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् ।
बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ ।
यसैगरी सुन्तलाका पात समेत झार्ने गरी असिना परेकाले किसानहरुलाई ठूलो नोक्सानी पुर्याएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभयो । जिल्लामा असिना पानीले पुर्याएको क्षतिको विवरण आइ नसकेकाले लगत संकलन कार्य भइरहेको जिल्ला कृषि ज्ञानकेन्द्र सिलगढीले जनाएको छ ।
छिन्चु बसपार्क बन्ने सुनिश्चित। १ हेक्टर जग्गा हराएको आशंका
सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम अहिले सुचारु रुपमा चलिरहेको छ । भेरीगंगा नगरपालिका १२
नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
दोहा कतार । नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजनामा रक्तदान कार्यक्रम हिजो सम्पन्न भएको छ । कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्रको
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस्
कोभिड–१९ को सङ्क्रमणको जोखिम एवं सन्त्रास बढीरहेको अवस्थामा आवश्यक सर्तकता अपाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई






प्रतिकृया दिनुहोस